काठमाडौं, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कान्तिपुर दैनिकको आजको समाचारलाई लिएर आफ्नो गम्भीर ध्यानाकार्षण भएको बताएका छन् ।
उनले समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रुपमा आफ्नो राजनीतिक जीवनमाथि प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रुपमा लिएको पनि बताएका छन् ।
उनले फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्–
कान्तिपुर दैनिकको वर्ष ३१, अंक २५८, २३ कार्तिक २०८० विहीबारको अनुमान ’भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहीन राजनीती“ शिर्षकमा प्रकाशित “ समाचारप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनितिक जिवन माथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु । स्थानीय सम्वाददाताको हवाला दिँदै उक्त समाचारमा उल्लेख गरिए झै जाजरकोटको लागी आएको राहत सामाग्री मेरो दवावमा रुकुम पश्चिम कब्जा गरि लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।
साथै उक्त समाचारलाई पुष्टि गर्न जाजरकोटका भेरी नगरप्रमुख चन्द्र प्रकास धर्तीको भनाई समेत “कोड“ गरिएको छ, जुन विषय नगरप्रमुख स्वयंले आफूले बोल्दै नबोलेको विषय कान्तिपुरले मेरो भनाई भन्दै कसरी प्रकाशित गरेको व्यक्त गरे वाट उक्त समाचार कुन नियतका साथ प्रकाशित भएको छ भनी सजिलै अनुमान गर्न सकिन्छ ?
जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको भोली पल्ट देखीनै म यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकाय लगायत सरोकारवाला सबैसँग हातेमालो गर्दे अहोरात्र खटिरहेको यस्तो विपतकालीन संवेदनशील घडीमा एउटा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यर्थाथतालाई तोडमोड गरी एकतर्फी ढंगबाट समाचार प्रकाशन गरिनु अत्यन्त खेदजनक रहेको ब्यहोरा सबैमा जानकारीका लागी अनुरोध साथै यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न/नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु।