काठमाडौं,२४ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ ।
राष्ट्रपति निर्वाचित भएलगत्तैबाट अस्वस्थ रहँदै आएका पौडेलले भारतमा गएरसमेत उपचार गराएका थिए ।