काठमाडौं, २४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एशियाली पार्टीको भेला ‘सेयरिङ द एचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रमलाई सम्बोधन गरेका छन् । सो क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटघाट पनि गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ‘सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा ।चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट भएको छ । यहि क्रममा जाजरकोट र रूकुमका भुकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोगको प्रतिवद्धता जनाएको छ भने चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।