काठमाडौं,२४ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएका छन् ।
बीआरआईको समीक्षा बैठकलाई सम्बोधन गर्न चीन पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।
‘पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति हामी सचेत छौँ’,नेता नेपालले भनेका छन्, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोग मार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौँ ।’
यस्तो छ समीक्षा बैठकमा अध्यक्ष नेपालले गरेको सम्बोधनको पूर्णपाठ