Logo

मंसिर १ गतेसम्म बिदा भयो सर्वोच्च अदालत, बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइका लागि तोकिए यी न्यायाधीश



काठमाडौं,२४ कार्तिक । सर्वोच्च अदालत आइतबारबाट एक साताका लागि बिदा हुने भएको छ । तिहारका लागि आइतबारबाट बिदा हुने भएको हो । सर्वोच्चले आज एक सूचना जारी गर्दै आगामी मंसिर १ गतेबाट मात्र अदालतको नियमित काम कारबाही सुरु हुने जानकारी गराएको छ ।

दीपावली पर्वका लागि यही कात्तिक २६ देखि ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहने सूचनामा भनिएको छ । सर्वोच्च अदालतले भाइटीकाको दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनवाइ हुने भन्दै हरेक दिनका लागि न्यायाधीश तोकेको छ ।

सर्वोच्चले आइतबारदेखि शुक्रबारसम्म बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्न आइतबार प्रकाशमान सिंह राउत, सोमबार सपना प्रधान मल्ल र मंगलबार र बिहीबारका लागि कुमार रेग्मीको इजलास तोकेको छ ।
मातहतका अदालतहरूले सर्वोच्चकै सूचनाको आधारमा आआफ्ना अदालतमा बिदा दिने र बन्दी प्रत्यक्षीकरणसहितका निवेदनमा सुनुवाइ गर्न न्यायाधीश तोक्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्