काठमाडौं,३० कार्तिक । हङकङमा जारी ४ देश सहभागी टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली महिला टिमले आयोजक हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको नेपाली महिला टिमले लगातार विकेट गुमाउँदै १८ ओभरमा अलआउट हुँदै ५६ रन जोड्न सक्यो ।
खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाएको नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक २५ र ओपनर सीता रानामगरले ९ रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याटरले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । रुविनाले ३० बलको सामना गर्दै ३ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । नेपालले सुरुवातको २ ओभरमा मात्रै ५ रन जोड्दा ४ विकेट गुमाएको थियो । भने थप २० रन जोड्दा बाँकी ३ विकेट गुमेको थियो ।
बलिङतर्फ हङकङकी ईक्विरा सहरले ३ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी उनले १ मेन राख्दै मात्र ४ रन खर्चिईन् । त्यस्तै रुचिता भान्तेस्काले २ विकेट लिईन् ।
बुधबार भएको पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दवाव रहेको छ ।
नेपालले आजको खेलमा पराजित भए । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छ भने आयोजक हङकङ र तान्जिनिया फाइनलमा प्रवेश गर्नेछन् ।