Logo

हङकङसँग ९ विकेटले पराजित हुँदै उपाधि होडबाट बाहिरियो नेपाली महिला टाेली



काठमाडौं,३० कार्तिक । हङकङमा जारी ४ देश सहभागी टी-२० श्रृखंलाअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाली महिला क्रिकेट टिम पराजित भएको छ ।

बुधबार भएको पहिलो खेलमा तान्जिनियासँग २७ रनले पराजित भएको नेपाल आज भएको दोस्रो खेलमा आयोजक हङकङसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि नतासाा माइल्सले ३० तथा सन्जिन साहेृदले २० रन जोडिन् । बलिङतर्फ नेपालकी कुनैपनि खेलाडीले विकेट लिन सकेनन् । हङकङकी मोरिका हिल ५ रनमा रन आउट भएकी थिईन् । उनलाई कप्तान इन्दू बर्माले रनआउट गरेकी थिईन् ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको नेपाली महिला टिमले लगातार विकेट गुमाउँदै १८ ओभरमा अलआउट हुँदै ५६ रन जोड्न सकेको थियो ।

खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाएको नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक २५ र ओपनर सीता रानामगरले ९ रन जोड्नु बाहेक अन्य कुनैपनि ब्याटरले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । रुविनाले ३० बलको सामना गर्दै ३ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । नेपालले सुरुवातको २ ओभरमा मात्रै ५ रन जोड्दा ४ विकेट गुमाएको थियो । भने थप २० रन जोड्दा बाँकी ३ विकेट गुमेको थियो ।

बलिङतर्फ हङकङकी ईक्विरा सहरले ३ विकेट लिईन् । ४ ओभर बलिङ गरेकी उनले १ मेन राख्दै मात्र ४ रन खर्चिईन् । त्यस्तै रुचिता भान्तेस्काले २ विकेट लिईन् ।

अब नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ। शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। यससँगै नेपालले लिग चरणको खेलमा जापानसँग खेलेपछि फेरि जापानसँगै तेस्रो स्थानका लागि खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्