काठमाडौं, २ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो कार्यक्रम सुरु गरेको छ । निर्वाचन भएको एक वर्ष पूरा भएको वर्षमा मतदातालाई धन्यवाद दिन रास्वपा घरदैलोमा जान लागेको हो ।
रास्वपाका नेताहरुले पनि निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गर्न लागिएको जनाएका छन् ।
उता, राजावादी र एमाले भने मंसिर ७ गते निर्णायक प्रदर्शनको तयारीमा छन् । दुर्गा प्रसाईंले अहिलेको व्यवस्था उल्टाउने भन्दै यही मंसिर ७ गते काठमाडौंमा एक लाख मान्छे उतार्ने घोषणा गरेका छन् । एमालेले त जनसंगठनको बैठक राखेर नै व्यवस्था जोगाउनको लागि शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।
राजावादी र एमालेहरु सडकमा आउने तयारीमा गरेको बेलामा रास्वपा भने जनताको घरदैलोमा जुटेको छ । रास्वपाले भने “जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार” नारा दिएको छ । file photo