काठमाडौं,३ मंसिर । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । आइतबार जिल्लाको राजापुर नगरपालिका १० की ममता सुनारको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
घाँस दाउरा लिनका लागि गएकी उनलाई आइतबार दिउँसो राजापुर नगरपालिका -१० सुकुम्बासी टोल नजिक नेपाल भारत सीमाना नजिक वनमा आक्रमण गरेको थियो । आक्रमण बाट गम्भीर घाइते सुनारको जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै घाँस,दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भईरहेको बताईएको छ ।