Logo

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतलाई बाउन्ड्रीको खडेरी



काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् ।

अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरिरहेको भारतले सामान्य प्रदर्शन गर्दै ५ विकेट गुमाएको छ ।

ताजा अवस्थामा भारतले ५ विकेट गुमाएर ३९ ओभरमा १९२ रन जोडेको छ । अस्ट्रेलियाविरुद्धको खेलमा भारतले सोचेअनुरुपको बाउन्ड्री प्रहार गर्न सकेको छैन । भारतले पछील्लो पटक १० औं ओभरको अन्तिम बलमा चौका हानेको थियो । ग्लेन म्याक्सवेललाई श्रेयस ऎरले चौका हानेका थिए ।

त्यसपछि भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६।२ ओभरमा चौका प्रहार गरेका थिए। २६. २ ओभरपछि एकैटक ३८ ओभरको अन्तिम बलमा एडम्प जाम्पको बलमा केएल राहुलले चौका प्रहार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्