काठमाडौं,३ मंसिर । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारतले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो झट्का लागेको छ ।
२४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो ओभरमा ओपनर डेविट वार्नरलाई गुमाएको हो। मोहम्मद शामीको बलमा विराट कोहलीले वार्नरलाई क्याच आउट गरे।
पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो। तर भरपर्दा ब्याटर ७ रनमै पेबेलियन फर्किएका छन्। अहिले मार्स र हेड क्रिजमा छन्। ताजा अवस्थामा उसले ३ ओभरको समाप्तीमा १ विकेट गुमाएर ३२ रन जोडेको छ ।