Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, मंसिर ४ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ दुई पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा रबिक्री दर २८ रुपैयाँ ५३ पैसा रहेको रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्