Logo

११ जनालाई सदस्य मनोनीत गर्दै एमाले कोशीले गर्‍यो जिम्मेवारी बाँडफाँड (सूचीसहित)



काठमाडौं,४ मंसिर । नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ सदस्य थप भएका छन् ।

गत कार्तिक २१ गते बसेको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकबाट गरेको निर्णयअनुसार एमालेले ११ जनालाई प्रदेश कमिटीमा मनोनीत गरेको हो ।

पार्टी केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्र्चाज रघुवीर महासेठको प्रमुख आतिथ्यता र जिल्ला इन्र्चाज, प्रदेश भित्र भूगोलका जिम्मेवारीमा रहेका स्थायि कमिटी, पोलिटव्युरो तथा केन्द्रिय कमिटी सदस्यहरुको उपस्थितिमा बसेको बैठकले ११ जनालाई सदस्यमा मनोनीत गरेको हो ।

यसरी मनोनीत हुनेहरुमा कोशी प्रदेश सांसद तथा पूर्वमन्त्री वुद्धिकुमार राजभण्डारी, (सोलुखुम्बु) भुराज राई (मोरङ), बद्रि सापकोटा (संखुवासभा) नागेश पोखरल (मोरङ), देवीराम चौलागाई (भोजपूर), पर्शुराम बस्नेत (मोरङ), रामसिंह राई (भोजपूर), तेज ढुङ्गाना (खोटाङ), अरुण राठी (मोरङ) प्रमोद शेर्पा (सुनसरी) र घनेन्द्र योब्या सुब्बा (झापा) रहेका छन् । सदस्यमा मनोनीत हुने राठी व्यवसायी हुन भने बस्नेत खेलकुद महासंघका अध्यक्ष हुन् ।

कोशीको प्रथम महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठकले ३८ जनाको प्रदेश कमिटी सचिवालय गठन गरेको छ । अन्तर कमिटी निर्देशन जारी गर्दै एमाले कोशी प्रदेश कमिटीले सबै सदस्यहरूको कार्य विभाजन समेत टुंगो लगाएको छ ।

अध्यक्ष घनश्याम खतिवडाले स्कुल विभाग लिँदा बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव राजकुमार भण्डारीलाई दिएको छ भने पूर्वमन्त्री लक्ष्मण तिवारीले प्रचार तथा प्रकाशन विभाग प्रमुख ९प्रवक्ता० को जिम्मेवारी पाएका छन् ।

पदाधिकारीमध्ये उपाध्यक्ष टिकाराम चेम्जोङ निर्वाचन, उपसचिव देवा राई विज्ञान तथा प्रविधि र उपसचिव जलवर्षा राजवंशी शहरी विकास विभाग प्रमुख बनेका छन् ।

यस्तो छ दोस्रो पूर्ण बैठकले गरेको जिम्मेवारी बाँडफाँडको सूची



प्रतिक्रिया दिनुहोस्