Logo

भूकम्प प्रभावित क्षेत्रमा १ हजार घर बनाउन प्रदीप पौडेलको नेतृत्वमा टोली पठाउने कांग्रेसको निर्णय



काठमाडौं,४ मंसिर । नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसले उक्त आवास निर्माणका लागि तालिमप्राप्त डकर्मी र इन्जिनियरलाई समेत खटाउने भएको छ । पहिलो चरण अन्तर्गत कांग्रेसका यूवा नेता तथा सांसद प्रदीप पौडेलको नेतृत्वमा टोली आजै जाजरकोट पठाउने भएको छ ।

चिसोले गर्दा भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो। साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।

पदाधिकारी बैठकमा भूकम्प प्रभावित क्षेत्र पुगेका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले भूकम्प पीडितका अवस्था र समस्याबारे जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस्