Logo

चुनाव हारेको एक वर्षपछि झाँक्रीले भनिन्- संकल्प अधुरै रहेपनि मतदातासँग गरेका बाचा पूरा गरिसकेँ



काठमाडौं,४ मंसिर । पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले आम निर्वाचनको क्रममा मतदातासँग गरेको बाचा पूरा गरेको दाबी गरेकी छन् ।

गत वर्ष मंसिर ४ गते आम निर्वाचन भएको थियो । सोमबार उक्त निर्वाचन सम्पन्न भएको एक वर्ष पुगेको अवसरमा उत्त दिनहरु सम्झँदै झाँक्रीले चुनावको समयमा आफूले मतदातामाझ गरेका बाचा हरु पूरा गरेर देखाएको दाबी गरेकी हुन् ।

‘मेरा केही सपना, केही संकल्प अधुरै रहे पनि। गत वर्षको निर्वाचनमा मैले आफ्ना मतदातासंग गरेका बाचा भने पूरा गरेको छु। नक्कली आश्वासन थिएनन मेरा। मेरा त ठोस ठोस कामका प्रस्ताव थिए। अधुरा आयोजनालाई पूरा गर्ने। बस्ति विकाशको योजना कार्यन्वयन गर्न वस्ति वस्ति जोड्ने सडकरबाटो निर्मान गर्ने’। प्रतिनिधि सभा निर्वाचनमा गुल्मी २ बाट उम्मेदवार बनेर एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी झाँक्रीले सोमबार सामाजिक सञ्जालमा भनेकी छन् ।

‘सघन सहरी कार्यक्रम अन्तर्गत रेसुंङ्गा र मूसीकोटमा भईरहेका करीब एक अर्वका कार्यक्रम । रेसुङ्गा सभाहल, तम्धास जीव पार्क, तम्घास बजारलाई ओभरले गर्ने लगायतका मेरो पालामा सुरू भएका यस्ता महत्वपूर्ण योजनाहरू कार्यन्वयनमा छन। कतिपय सकिएका पनि छन। स्थानीय जनप्रतिनिधिहरूले कामको सूरूवात गरेको, योजना अनुगमन गरेको फोटोहरू सामाजिक संजालमा देख्दा खुसी लाग्छ।अनि पुरानो स्थानीय पूर्वाधार विकास विभागसंगका पुलहरू सडकहरू, मदन भण्डारी राजमार्ग अन्तर्गत तम्धास सिम्लटारी सडक खण्डका पुलहरू अलपत्र पार्ने ठेकेदारहरूलाई कार्वाहीको दायरामा ल्याउने, भनभने हुदै प्यूठानसम्मको सडक, सालझण्डी ढोरपाटन सडको, राङ्बास,पटौटी हुदै तम्घास एयरपोर्ट जोड्ने बाटो, ईन्द्रेगौडा वामीको बाटो मूसीकोट मैदाना हुदै ढोरपाटनमा जोड्ने बाटोका कामहरू अगाडी बढेका छन।कंकेदेउराली ड्यामको सम्भाब्यता अध्ययनको काम पनि अगाडी बढेको छ। ढोरपाटन सडगको पुर्कोटको समस्याको पनि एकहदसम्म समाधान भएको छ। मालिका खण्डको कामको पनि कुरा अगाडी बढेको छ’। उनले भनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्