काठमाडौं,५ मंसिर । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् ।
बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको हो । कपाली ट्रान्सजेण्डर महिला हुन् । उनी आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन् ।
ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् ।
यसअघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए।