Logo

जुत्तामा आचार्य लेख्ने कम्पनीलाई हदैसम्मको कारबाही माग गर्दै आचार्य समाजले दियो सिआईबीमा निबेदन



काठमाडौं, ५ मंसिर । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएकोमा कम्पनीलाई अनुसंधान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीके केन्द्रीय अनुसंधान ब्यूरोमा निबेदन दिएको छ ।

आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले हिजो (सोमबार) महाराजगंजस्थित् केन्द्रीय अनुसंधान ब्यूरोको कार्यालयमा गएर निवेदन दर्ता गराएका छन् ।

केन्द्रीय अनुसंधान ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धानका लागि पठाईने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए ।

केहीदिन अगाडीको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीबिरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्