काठमाडौं,५ मंसिर । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको विनासकारी जाजरकोट भुकम्पमा परेर घरवास गुमाएका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि नेपाली कांग्रेसले जाजरकोट पठाएको स्वयंसेवी टोलीले काम सूचारु गरेको छ ।
सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले संसद प्रदीप पौडेलको नेतृत्वमा एकटोली जाजरकोट पठाउने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकको निर्णयअनुसार दक्ष जनशक्तिसहितको टोली लिएर सांसद पौडेल हिजै जाजरकोट प्रस्थान गरेका थिए । उनीसहित गएको टोलीले आजबाट नलगाड नगरपालिकामा अस्थायी आवास निर्माणको काम सुरु गरेको हो । उक्त टोली तीनसाता सम्म भूकम्प प्रभावित क्षेत्रमा रहने बताईएको छ ।
तस्विर -प्रदीप पौडेलको फेसबुकबाट