Logo

पूर्व सांसद रौनियार एमाले प्रवेश, ओलीले गरे स्वागत



काठमाडौं,५ मंसिर । जसपाबाट २०७४ सालको संसदीय निर्वाचनमा पर्सा ३ बाट निर्वाचित पूर्व सांसद तथा विवादास्पद ठेकेदार हरिनारायणप्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन् ।

मंगलबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका, माला लगाउँदै एमाले प्रवेश गरेका हुन् ।

रौनियार पप्पु कन्सट्रक्सनका मालिकसमेत हुन् । २०७४ सालमा सांसदमका निर्वाचित भएपनि उनीविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको थियो ।

सांसद निर्वाचित हुनअघिसम्म पप्पु कन्सट्रक्सनका सञ्चालक रहेका उनले निर्माणको ठेक्का लिएका र पाएका अधिकांश आयोजनाहरु समयमै निर्माण नगर्दा सर्वसाधरणले सास्ती भोग्नुपरेको गुनासो हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्