Logo

आजपाले बोलायो स्थायी कमिटी बैठक, अहिलेको व्यवस्था र दलतन्त्रको विकल्प खोज्नेबारे छलफल हुने



काठमाडौं, ६ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले अहिलेको व्यवस्थाको विकल्प खोज्नेगरि निर्णय लिनको लागि स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक यही मंसिर ११ गते विहान ११ बजे बस्ने तय भएको पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । बैठक भने पार्टी मुख्यालयमा बस्ने जनाईएको छ ।

आजपाले स्थायी कमिटी बैठकबारे जानकारी दिन प्रेषित पत्रमा भनेको छ–‘देश यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता कायमै छ । सरकार–सरकारबीच द्वन्द्वको अवस्था छ। राजनीतिक द्वन्द्व चर्को छ । जनता निराश छन् । प्रमुख पार्टीका नेताहरु अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त छन् । उनीहरुले आफूलाई शासक वर्गमा परिणत गरेका छन् ।’

देशको आर्थिक अवस्था दयनीय छ। बजारमा पैसाको हाहाकार रहेको आजपाको निश्कर्ष छ । उसले भनेको छ–‘एकातिर देशबाट वर्षेनि खरबौं पूँजी विदेश पलायन भैरहेको छ भने अर्कोतिर विदेशी पूँजी नेपाल भित्रिन सकेको छैन् । राज्यको नेतृत्वमा भगौडा वर्गको हालीमुहाली छ । अर्थात् देश आर्थिक रुपमा क्रमशः जर्जर बन्दैछ । साम्प्रादायिकताले हाम्रो सामाजिक सम्बन्धहरू विथोलिंदै छन् । यसर्थ, देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था गम्भीर बन्दै गएको विषय जगजाहेर नै छ ।’

अहिले देखिएका सबै संकटको प्रमुख कारण नै विद्यमान शासन व्यवस्था र मुख्तयः दलतन्त्र भएको आजपाको ठहर छ । त्यसको विकल्प खोज्न जरूरी भैसकेको पनि उसले निश्कर्ष निकालेको छ । जारी विज्ञप्तीमा थप भनिएको छ–‘यी र यस्ता संकटको समिक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि हाम्रो पार्टीले निम्न मिति, स्थान र समयमा स्थायी कमिटीको बैठक बोलाएको जानकारी गराउँदछौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्