काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद विशाल भट्टराईले नेपालमा ज्ञानेन्द्र शाह र पारश शाहलाई राजा बनाउनको लागि जनता सडकमा नआउने दाबी गरेका छन् । एमालेनिकट युवा–विद्यार्थीहरुको बहृत्त प्रदर्शन कार्यक्रममा सरिक हुने क्रममा भट्टराईले यस्तो बताएका हुन् ।
उनले भने,‘नेपालको राजतन्त्र, ज्ञानेन्द्र र पारशलाई राजा बनाउन को बहुलाएको छ र सडकमा आउला हौं ? मलाई त अचम्म लाग्छ । उनले जस्ताको त्यस्तै इतिहास पूनरावृत्ति नहुने दाबी गरे । उनले कसैले त्यस्तो परिकल्पना गरेको भए त्यो सपनामात्रै सिमित हुने टिप्पणी गरे । उनले एमालेजस्तो बलियो, सुविचारित शक्ति जिउँदै रहेकोले कसैले पनि राजा फर्काउँछु भनेर कल्पना नगरे हुन्छ भन्ने चेतावनी दिए । file photo