काठमाडौं,८ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम एपीएफलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
समूह बी को पहिलो खेलमा एपीएफलाई गण्डकीले ४ विकेटले हराएको हो । एपीएफले दिएको १०२ रनको लक्ष्य गण्डकीले २ बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि मुस्कान थापाले २५ तथा दिनेश बुढामगरले २४ रन जोडे । अभिषेक थापाले नटआउट रहँदै ११ रन जोडेको खेलमा गौरव विकले पनि ११ रन थपे ।
बलिङतर्फ एपीएफका अभिनाश बोहराले २ विकेट लिए । आजै भएको समूह ए को दोस्रो खेलमा कर्णालीलाई ९० रनले हराउँदै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।