काठमाडौं,१० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा बैठक बस्ने तय भएको रास्वपाले जनाएको छ ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन , सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप अवलम्बन गरिने बताइएको छ ।
विधान अनुसार रास्वपाको महाधिवेशनको प्रक्रिया मंसिरबाट सुरु हुँदै छ । महाधिवेशनको विषयमा पनि रास्वपाले महत्त्वपूर्ण निर्णय लिने छ । बैठकमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने छन् ।
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक