काठमाडौं, मंसिर ११ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।