Logo

बाबुरामका ९४ वर्षीय बुवा भन्छन् : मलाई प्रचण्डको साह्रै माया लाग्छ, बाबुरामजस्तै माया लाग्छ (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका ९४ वर्षीय बुवा भोजप्रसाद भट्टराईले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको धेरै नै माया लाग्ने गरेको बताएका छन् ।

ईन्द्रेणी डटकमका लागि कृष्ण कँडेलसँगको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन् । कँडेलले कुराकानीको क्रममा यहाँलाई प्रचण्ड कस्तो लाग्छ ? भनेर सोधेका थिए । जवाफमा उनले भने–‘एकदम माया लाग्छ मलाई, प्रचण्डलाई त बाबुरामको जस्तै माया लाग्छ मलाई । प्रचण्डलाई साह्रै माया लाग्छ ।’

उनले आफूलाई जीवनमा सबैभन्दा ठूलो खुशी भने पञ्चायत गएपछि लागेको स्मरण गराए । उनले अहिले प्रचण्ड, बाबुराम र केपी ओलीहरु मिल्नुपर्ने सुझाव दिए । आफूले प्रचण्डलाई भेट्दापनि देश बनाउनुपर्यो भनेर भन्ने गरेको सुनाए ।

उनले भने,‘देश बनाउनुपर्यो भनेको छु, अब प्रचण्डले गर्दैछौं बुवा भन्छन् । केपी ओलीलाई पनि भेट्न मन लागेको छ ।’ उनले बाबुरामको सानैदेखि नै सबैसँग मिल्ने स्वभाव रहेको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्