काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अहिले विहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बोलाईएको हो ।
गत मंगलबार बस्नु पर्ने नियमित बैठक प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बस्न नसकेपछि आजका लागि बोलाईएको हो । आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाईएको छ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज बेलुका ९ बजे संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ ।