काठमाडौं,१५ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको उपाधि जित्न मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस जितेर सुरुवतमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन जोड्यो ।
मधेशका लागि विशाल पट्टेलले सर्वाधिक ४९ रन जोडे । नटआउट रहँदै ४९ रन जोडेका पट्टेलले ३२ बलमा समान ३ छक्का र चौका हिर्काय । ओपनर तथा कप्तान हरिशंकर साहले उत्कृष्ट सुरुवात गर्दै २१ बलमा २७ रन बनाएपनि उनी आउट भएपछि अन्य कुनैपनि ब्याटरको ब्याट चल्न सकेन् । हिमांसु दुत्तले १४ र विशाल सुस्लिङ्गले १० रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशलाई सस्तैमा रोक्नेक्रममा आर्मीका विवेक यादव र साहेव आलमले समान तीन विकेट लिए । ४ ओभर बलिङ गरेका विवेकले ३० रन खर्चिँदा ३ ओभर बलङ गरेका साहेवले मात्र ५ रन दिए । त्यस्तै सोमपाल कामी र वसिर अममिदले पनि समान १ विकेट लिए ।