Logo

बालकृष्ण खाँण थुनामै रहने, स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश



काठमाडौं,१५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसीलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै केसीलाई रिहा गर्न आदेश जारी गरेको हो ।

उनी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव हुन । केसीलाई थुनामुक्त गर्न आदेश दिँदा अदालतले बालकृष्ण खाँणलाई भने थुनामै राख्न भनेको छ । खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गर्ने भएको छ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएको हो।

दुई न्यायाधीशले दिएको राय बाझिँदा बालकृष्ण खाण थुनामा बस्ने कि धरौटीमा छुट्ने भन्ने निर्णय हुन सकेन। यस्तो खण्डमा उच्‍च अदालतकै एकल इजलासले सुनुवाइ गर्ने बताईएको छ ।

न्यायाधीश जनक पाण्डेले‍ खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। न्यायाधीश प्रकाश खरेलले भने उनलाई थुनामै पठाउनुपर्ने राय दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्