काठमाडौं,१७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकय सचिव विनञ्जय थापालाई स-शरीर अदालतमाउपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
थापाका तर्फबाट सरला विष्टसमेतले दायर गरेको बन्दी प्रत्यक्षिकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नामक आन्दोलनका क्रममा थापा दगत सोमबार काठमाडौंको सिनामंगलबाट पक्राउ परेका थिए ।
उनलाई गैरकानूनीरुपमा थुनामा राखेको भन्दै विष्टले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् । उनले रिटमा प्रसाईंलाई तत्काल थुनामुक्त गराउने माग गरेकी छन् ।