Logo

पत्रकार रिना खत्री सम्मानित



काठमाडौं, १८ मंसिर । बीमापोष्टकी उप–सम्पादक रिना खत्री सम्मानित भएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बीमा क्षेत्रमा उत्कृष्ट समाचार लेखेबापत पत्रकार खत्री २५ हजार रुपैयाँ नगदसहित सम्मानित भएकी हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् । ५० हजार रुपैयाँ राशीको बीमासम्बन्धी सो पुरस्कार अर्की पत्रकार भिमा पन्थी र उप सम्पादक रिना खत्रीलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्