Logo

विकासका नाममा ‘मान्छे मार्न पाइँदैन’ भन्दै सडकमा उत्रिए अपर तामाकोसी जलविद्युत आयोजनाका पीडितहरु (तस्विरहरु)



काठमाडौं,१८ मंसिर । अपर तामाकोसी जलविद्युत आयोजना पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सोमबार आयोजना पीडितहरुले राजधानीको विभिन्न स्थानहरुमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा ‘विकासका नाममा मान्छे मार्न पाइँदैन’,‘हाम्रो भूमि फिर्ता गर’ ‘आदिासी भूमिमा सैन्यकरण बन्द गर’, ‘राज्य आतंक बन्द गर’, लगायत नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

यो परियोजनामा एसियाली विकास बैंक (एडीबी) को लगानी रहेको छ । गाउँमा जबर्जस्ती सबस्टेसन राख्न खोजिएको भन्दै आफूहरूले विरोध गरेको प्रदर्शनमा सहभागीहरूले बताएका छन् ।

तस्विरहरु- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्