Logo

युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरको नेपाल भ्रमण, नेपालीहरूको लागि अझ समृद्ध र समावेशी भविष्य निर्माणका लागि छलफल



काठमाडौं, १८ मंसिर । युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले हालै नेपाल भ्रमण नेपालको विकास साझेदारीमा युएसएआईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न मद्दत गरेका छन् ।

उनको हालैको नेपाल भ्रमणबारे नेपालस्थित् अमेरिकी दूतावासले आफ्नो धारणा सार्वजनिक गरेको छ । दूतावासले जनाएअनुसार आफ्नो भ्रमणको क्रममा शिफरले नेपालका सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, निजी क्षेत्रका साझेदारहरू र सामुदायिक सदस्यहरूसँग युएसएआईडीले नेपालसँग कसरी सबै नेपालीहरूको लागि अझ समृद्ध र समावेशी भविष्य निर्माण गर्न काम गर्न सकिन्छ भनेर छलफल गरेका थिए ।

दूतावासले शिफरको भ्रमणबारे भनेको छ–

युएसएआईडी एसिया ब्यूरो सहायक प्रशासक माइकल शिफरले हालै नेपालको विकास साझेदारीमा युएसएआईडी को प्रतिबद्धतालाई पुन: पुष्टि गर्न नेपाल भ्रमण गर्नुभयो। आफ्नो भ्रमणको क्रममा, शिफरले नेपालका सरकारी अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, निजी क्षेत्रका साझेदारहरू र सामुदायिक सदस्यहरूसँग युएसएआईडीले नेपालसँग कसरी सबै नेपालीहरूको लागि अझ समृद्ध र समावेशी भविष्य निर्माण गर्न काम गर्न सकिन्छ भनेर छलफल गर्नुभयो।

उनले आफ्नो भ्रमणका क्रममा युएसएआईडीका दुई नयाँ गतिविधिको पनि शुभारम्भ गर्नुभयो। ६.७५ मिलियन डलरको ग्लोबल हेल्थ सेक्युरिटी गतिविधिबाट देशको स्वास्थ्य प्रणाली, रोग निगरानी र प्रतिक्रिया क्षमतालाई सुदृढ पार्दै नेपालको प्रत्येक नागरिकको स्वास्थ्य स्थिति सुधार गर्ने लक्ष्य राखिएको छ भने २४.५ मिलियन डलरको कृषि सामग्री गतिविधिबाट २ लाख भन्दा बढी किसानहरूलाई कृषि उत्पादकत्व बढाउन, पोषण सुधार गर्न र बीउ, मल र राम्रो मेसिनरीहरूमा सुधारिएको पहुँच मार्फत किसानहरूको आय बढाउन मद्दत गर्नेछ।



प्रतिक्रिया दिनुहोस्