Logo

ससुरा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुहारी डा. मान्यता थापाले भनिन् : धेरै दुःखी हुन जरुरी छैन



काठमाडौं, १८ मंसिर । नेकपाका महासचिव नेत्रविक्रम चन्दविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । अदालतबाट विप्लवसहित नेकपाका नेताहरु प्रकाण्ड, माइला लामा र कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाली राजनीति तरंगित बनेको छ ।

वि.सं. २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा विप्लवसहित नेताहरुविरुद्ध मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतको यही मंसिर १० गतेको आदेशानुसार ३५ दिने पुर्जी जारी भएपछि विप्लवका बुहारी डा. मान्यता थापाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

उनले फेशबुकमार्फत कानून सही गर्नेलाई लाग्ने र गलत गर्नेलाई नलाग्ने बताएकी छिन् । उनले भनेकी छिन्- “यो कानुनी राज्य हो। यहाँ कानुन सहि गर्नेलाई लाग्छ गलत गर्नेलाई लाग्दैन। सामान्य कानुनी प्रक्रियाको कुरा हो। कोही धेरै उत्साहित वा धेरै दुखी हुन जरुरी छैन।”



प्रतिक्रिया दिनुहोस्