काठमाडौं, मंसिर २० । नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति पक्राउ परेका छन् । पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
उनीहरु माथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।रुसी सेनामा जानको लागि युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ । अहिले सम्म अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।