Logo

एनसेल सेयर खरिद बिक्री प्रकरणबारे वरिष्ठ अधिवक्ता डा. पण्डितको धारणा सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २० मंसिर । वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले एनसेल खरिदविक्री प्रकरणले नेपालमा विदेशी लगानीमा प्रभाव पार्ने स्पष्ट पारेका छन् । मलेसियाको आजियटा ग्रुपले आफ्नो सेयरमात्रै नबेचेर नेपालमा लगानीको वातावरण छैन भनेर गएको उनको टिप्पणी छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. पण्डितले एनसेल खरिदविक्री प्रकरण खासगरी आजियटा नेपालबाट बाहिरिने निर्णयले नेपाल करमैत्री र लगानीमैत्री देश नभएको भन्ने आजियाटाको टिप्पणी नेपालको लागि दुर्भाग्यपूर्ण भएको बताए ।

एनसेलको सेयर खरिद विक्री वितरणबारे सस्तोमा खरिद गरिएकोमा ठूलो कर छली भएको र चलखेल भएको भन्ने हल्ला चलेको उल्लेख गर्दै उनले अहिलेको एनसेल प्रकरणमा नेपाल सरकारले सही तवरले समाधान गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्