Logo

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा



लिमा, २१ मङ्सिर । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मङ्गलबार तत्काल रिहा आदेश जारी गरेपछि उनइी जेलमुक्त भएका हुन् ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन्। रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए ।

केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्