Logo

म सिके राउतको कहिल्यैपनि प्रशंसा गर्न सक्दिनँ : सुरेन्द्र केसी (भिडिओसहित)



काठमाडौं, २१ मंसिर । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आफूले जीवनमा कहिल्यैपनि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रशंसा नगरेको र भविष्यमा पनि नगर्ने टिप्पणी गरेका छन् । उनले भने,‘एक जना सिके राउतमात्रै हुन्, जसलाई म कहिल्यैपनि प्रशंसा गर्दिनँ । किनभने उहाँले नेपाल आमालाई दुत्कार्नुभएको छ । गाली गर्नुभएको छ । जसले नेपाल आमालाई गाली गर्छ, त्यसलाई म कहिल्यै प्रशंसा गर्न सक्दिनँ ।’

उनले स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सांसदको रुपमा अहिलेको कार्यकालमा पूर्णतः नेपाली जनता र देशको पक्षमा काम गरेको आफूले सिंहलाई नेपाली आमाको जिउँदो छोरोको संज्ञा दिएको स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनकाअनुसार देशमा अहिले चार जना छोरामात्रै जिउँदा रहेको र अरु सबै लाश भएका छन् । उनले भने,‘यो देशमा चार जना जिउँदा छोराहरु छन्, पहिलो नम्बरमा अमरेश नै भए । ज्ञानेन्द्र शाही भए दुई नम्बरमा, सुनिल शर्मा तीन नम्बरमा र राजेन्द्र लिङ्देन चार नम्बरमा । अरु सबै जिउँदा लाश हुन् ।’



प्रतिक्रिया दिनुहोस्