काठमाडौं,२२ मंसिर । आजबाट यूएईमा सुरु भएको एसीसी यू-१९ एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
यूएई क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्ता पाएको हो । नेपालको कप्तानी देव खनाल र पाकिस्तानको कप्तानी साद बेगले गर्नेछन् ।
नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र तेस्रो खेल भारतसँग मंसिर २६ मा खेल्नेछ। समूहका २ शीर्ष टिम सेमिफाइनल पुग्नेछन्।