काठमाडौं,२२ मंसिर । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको सेयर खरिद बिक्री प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छ्न ।
शुक्रबार सांसद सिंहको तर्फबाट बालमुकुन्द झाले विभिन्न ६ वटा निकायलाई बिपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निबेदन दर्ता गराएका हुन् । उनले दर्ता गरेको रिटको पेशी पेशी मङ्सिर २४ गते आइतबार तोकिएको छ ।
मलेसियन कम्पनी आजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर नेपाली मुलका सिंगापुरका नागरिक शतिशलाल आचार्यको कम्पनीलाई बेच्ने निर्णय गरेको थियो । त्यसक्रममा न्यून मुल्य राखेर अर्बौंको कर छली गर्ने प्रपञ्च रचेको भन्दै चौतर्फी विरोध भईरहेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रकरण छानबिन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति बनाएको छ भने उच्च अदालत पाटनले अन्तिम टुंगो नलागेसम्म सबै प्रक्रिया यथास्थितिमा राख्न बिहीबार नै अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।