Logo

प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाविरुद्ध दुईवटा उजुरी



काठमाडौं, २४ मंसिर । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगाना विरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा पुष्पप्रसाद गुरागाईँ र डा. भगवान खड्काले उनीविरुद्ध उजुरी दिएका हुन् । गुरागाईँ प्रस्तावित न्यायाधीश ढुंगानाका पूर्व सहकर्मीसमेत हुन् ।

उनले प्रस्तावित न्यायाधीश ढुंगानाको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै उजुरी दिएका थिए । त्यसैगरी अर्का उजुरी कर्ता खड्काले प्रस्तावित न्यायाधीश ढुंगानाले अरुण बहुउद्देश्यीय सहकारी संस्थाको विषयमा गलत फैसला गरेको आरोप लगाएका छन् । दुवै उजुरीकर्ताले प्रश्तावित न्यायाधीश ढुंगाना सर्वोच्चको न्यायाधीश पदका लागि योग्य नरहेको जिकिर गरेका छन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्