काठमाडौं, २४ मङ्सिर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना गरिएको हो ।
प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयाँलका अनुसार शर्माको काठमाडौँको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको छ । स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया पनि देखिएको फुयाँलले जानकारी दिए ।
उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको निजी सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।