काठमाडौं, मंसिर २५ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भेगमा आंशिक बदली भएको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानैदेखि तराईका केही स्थानमा हुस्सुरकुहिरो लागिरहेको छ।
आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।