काठमाडौं, २५ मंसिर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मंगल थापाले देशमा ब्याप्त भ्रष्टाचार, अन्याय अत्याचारका विरुद्धमा युवाहरु लाग्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य भएरमात्रै समृद्ध नेपालको कल्पना गर्न सकिने बताए । साथै, उनले अहिले चर्चामा रहेको एनसेल प्रकरणमा कानुन बमोजिम लाग्न कर तिर्नुपर्ने बताए ।
‘एनसेललाई राज्यले नियमन गर्नुपर्छ । एनसेलले कर तिर्नुपर्छ । किनभने हामीलाई देश, जनताको र राष्ट्रको चिन्ता छ,’– उनले भने ।
उनले भ्रष्टाचारीहरुको कारबाही नेपाली जनताले चुनावमार्फत गर्नुपर्ने उनले बताए ।