Logo

२० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु



काठमाडौं, मंसिर २६ । बारामा एक २० वर्षीया महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । जिल्लाको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी मिन्कुदेवी रामले वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा तीन सन्तानलाई जन्म दिएकी हुन् ।

उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्