काठमाडौं, २६ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी प्रभावकारी काम गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल खुशी भएका छन् । आफू नेतृत्वको क्याविनेटमा मन्त्रीहरुमध्ये सबैभन्दा प्रभावकारी काम गरेर जनताको मन जितेको भन्दै पछिल्लो समय प्रधानमन्त्री दाहालले प्रशंसा गर्ने गरेका छन् ।
सुकुम्बासीहरुको समस्या समाधान गर्नेदेखि ठगी गर्ने सहकारीहरुलाई कारबाही गर्न मन्त्री श्रेष्ठले गम्भीर कदम चालेकी छिन् । देशभरिका बास्तविक सुकुम्बासीहरु मन्त्री श्रेष्ठको कदमले खुशी छन् । देशका विभिन्न जिल्लामा पुगेर उनले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरणसमेत गरिसकेकी छिन् । मन्त्री श्रेष्ठलाई वर्ड अफ द मिनिस्टर भनेरपनि चिनिन थालेको छ । उनी बोलेको कुरा पूरा गरेर छोड्छिन् ।
मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुने गरेको गुनासो बढेपछि उनले त्यसलाई अहिले पूरै रोकेकी छिन् । अहिले उनको कदमबाट मालपोत तथा नापी कार्यालयमा सेवा लिने सेवाग्राहीहरुले कुनै सास्ती खेप्नुपरेको छैन् । उनी यस मन्त्रालयको नेतृत्वमा आएदेखि गत असारसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ गरिब परिचयपत्र वितरण कार्य सपन्न भैसकेको छ।
अहिलेसम्म थप १५ जिल्लामा सो कार्य सम्पन्न भएको चर्चा छ । अहिले भूमि व्यवस्था मन्त्रालयमा विचौलियाहरुलाई प्रवेश निषेध छ । यसअघि विचौलियाहरु सलबलाउने उक्त थलोमा अहिले ती विचौलियाहरुको लागि प्रवेशद्धार नै बन्द गरिएको छ ।उनको दल नागरिक उन्मुक्ति पार्टी यतिवेला महाधिवेशनको तयारीमा जुटेको छ ।
उनका पति रेशम चौधरी महाधिवेशनको तयारीमा जुटेको बेलामा उनले पार्टीका काम र सरकारका कामलाई प्रभावकारी रुपमा अघि बढाएकी छिन् । रञ्जितको क्षमता पहिचान गरेका रेशमले आफू जेलमा हुँदापनि पार्टीलाई उनकै नेतृत्वमा चुनावमा होम्याएर अहिलेको हैसियत निर्माण गर्न सफल भएका हुन् । file photo