Logo

संघीय संसदको कार्यवाहक महासचिवमा डा.पद्मप्रसाद पाण्डे नियुक्त



काठमाडौं,२७ मंसिर । संघीय संसदको कार्यवाहक महासचिवमा डा.पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई बुधबार सभामुख देवराज घिमिरेले कार्यवाह महासचिवमा नियुक्त गरेका हुन् ।

यसअघि संघीय संसदका महासचिव रहेका डा.भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । पाण्डे प्रतिनिधि सभाका सचिव हुन् ।

सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेको तर सम्पर्क नभएको बताईएको छ ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्