Logo

यू-१९ एसिया कप: सेमिफाइनल समिकरण पूरा,श्रीलंका बाहिरिँदा यूएईको भाग्य खुल्यो



काठमाडौं,२७ मंसिर । यूएईमा जारी यू-१९ एसिया कपबाट श्रीलंका बाहिरिएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो ।

श्रीलंकाले दिएको २०१ रनको लक्ष्य बंगलादेशले ४० ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो उसका लागि आशिकुर रहमान शिबलीले नटआउट रहँदै ११६ रनको शतकीय पारी खेले । १३० बलको सामना गरेका उनले ११ चौका र २ छक्का हिर्काए । चौधरी मो रिजवानले पनि ३२ रन थपे । यो जितसँगै बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

समूह बी को खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । ८ राष्ट्र सम्मिलित प्रतियोगीतामा २ समूहमा बाँढिएको थियो । समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहँदा समूह बी मा आयोजक यूएईसँगै जापान, श्रीलंका र बंगलादेश रहेका छन् ।

समूह ए बाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा भारत उपविजेताको रुपमा अर्को चरणमा पुगेको हो । पाकिस्तानले शतप्रतिशत जित हात पार्दा भारत पाकिस्तानसँग पारितजित भएको थियो ।

समूह बी मा तीनै खेल जितेको बंगलोदश शीर्ष स्थानमा रहँदा यूएई दोस्रो स्थानमा रहँदै अर्को चरणमा पेगेको छ । यएईले पहिला खेलमा बंगलादेशसँग पराजय भोगेपनि दोस्रा खेलमा श्रीलंका र अन्तिम खेलमा यूएईलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

सेमिफाइनलमा भारतले बंगलादेश र पाकिस्तानले यूएईसँग भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्