काठमाडौं,२८ मंसिर । नेकपा एकीकृत समाजवादीका नेता तथा मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको लगायत विषयमा आफूले थाहा पाएपछि अख्तियारमा उजुरी दिएका हुन् । सो फार्म पूर्वसांसद तथा नेकपा (एमाले) का नेता पाल्देन छोपाङ गुरुङको हो ।
फार्म मनाङेको निर्वाचन क्षेत्रमा पर्छ । स्थानीयले गाउँमा विद्युत्को समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“स्थानीयसँग भेटका क्रममा उपस्थित सबै सहभागीको एउटै गुनासो थियो– माननीयज्यू, गाउँमा बिजुलीको ठूलो समस्या छ, एग्रो मनाङका सञ्चालकहरूले बिजुलीको पोल गाड्न नदिएको हुनाले त्यसको समाधान खोजिदिनुपर्यो, एकपटक निर्वाचन क्षेत्र जाऊँ भनेपछि म त्यहाँसम्म पुगेँ,” उनले भनेका छन् ।
त्यहाँ पुगेर निरीक्षण गर्दा सिंगो वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको पाएको उनले बताए ।
“रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो रु जनताहरू आक्रोशित थिए । म सरोकारवाला निकायहरूसँग बुझ्नतर्फ लागेँ,” उनले विज्ञप्तिमा थपेका छन्, “तर, कसैले पनि अख्तियारी नदिएको र एग्रो मनाङ प्रालिले अवैध रूपले लुकीछिपी आफूखुसी रुखहरू काटिरहेको बुझ्नमा आयो ।”
गैरकानुनी काम भइरहेको देखेपछि आफू कानुनी बाटोबाट त्यसलाई रोक्नतर्फ लागेको उनले बताए । यसबारेमा थप बुझ्दा एग्रो मनाङको जग्गा नै विवादित रहेको पाएको उनको भनाइ छ ।
“जुन जग्गामा उक्त कम्पनी सञ्चालनमा छ, त्यो जग्गा नै विवादित थियो । तत्कालीन समयमा पिसाङ, घ्यारु, ङावल, भ्राका, टंकी, खाङसार समेत सात गाविसका नाममा जिल्ला मालपोत कार्यालय मनाङमा दर्ता भई उक्त जग्गा हाल मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्छ । त्यस जग्गालाई सार्वजनिक भन्ने कि व्यक्तिगत भन्ने स्वयं मालपोत कार्यालय पनि अन्योलमा छ । व्यक्तिगत भनौँ भने गाविसहरूको नामको स्वामित्व छ, सार्वजनिक भनौँ भने जग्गाधनी प्रमाणपुर्जा दिएको छ । अब कुरा आउँछ यस्तो जग्गाको स्वामित्व हाल कोसँग छ ?,” उनले प्रश्न गरेका छन् ।
उक्त जग्गाका बारेमा मालपोत कार्यालय समेत अनिर्णीत रहेको उनको जिकिर छ । विज्ञप्तिमा उनले करिब ३८ रोपनी जग्गामा रुखहरू फँडानी गरिएको, पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको आरोप लगाएका छन् ।
यस्तो मनाङेले जारी गरेको विज्ञप्ति