Logo

बजेट कार्यान्वयनको चौमासिक समीक्षा गर्न प्रधानमन्त्री र मन्त्रीहरु सिंहदरबारमा



काठमाडौं,२८ मंसिर । सिंहदरबारमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवलाई राखेर बजेट कार्यान्वयनबारे समीक्षा गरिरहेका छन् ।

जारी बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी रहेको छ । उक्त छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्य योजना अनुसार कामहरू भए नभएकोबारे समेत छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्