काठमाडौं, मंसिर २९ । । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त पश्चिमी वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, रातिसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।